दाङ, असार २९ । खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । अर्का एक जना घाइते भएका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – ११ का ३० बर्षीय इसाद राईको खुकुरी प्रहारबाट हत्या भएको हो । नेपालगञ्ज – ९ बाँके गाउँका १९ बर्षीय फैजन अन्सारी घाइते छन् । उनको भेरी अस्पताल नेपालगञ्जमा उपचार जारी छ ।
शुक्रबार राति पौने ११ बजेतिर नेपालगञ्ज– ११ टाँगास्टेसन नजिकैको सडक किनारमा दुई समुह बीचको झगडा छुटाउन खोज्दा अपरिचित ब्यक्तिले प्रहार गरेको खुकुरी लाग्दा स्थानीय राई गम्भीर घाइते भएका थिए । अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटना बारे सूचना पाए लगतै बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आँफै घटनास्थल पुगेका थिए । उनको कमाण्डमा १५ सदस्य प्रहरी टोली घटनास्थल पुगेर दुई जना घाइतेलाई उद्धार गरि अस्पताल पु¥याएको थियो । अन्सारीको छाती, बाँया कान र बाँया हातमा खुकुरी प्रहारबाट गम्भीर घाउ खतहरु रहेका छन् । उनको अवस्था मध्यम रहेको एसपी कार्कीले बताए ।
एसपी कार्कीका अनुार सडक किनारमा दुई समुहका बीचमा झगडा हुन थालेपछि राई र अन्सारी उनीहरुको बीचमा झगडा छुटाउने उदेश्यले पुगेका थिए । त्यही क्रममा एक समुहले खुकुरी प्रहार गर्दा उनीहरुलाई लागेको थियो ।
खुकुरी प्रहारमा संलग्न ब्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भइ रहेको छ । घटनाबारे थप अनुन्धान भइ रहेको प्रहरीले बताएको छ ।
