२०८३ असोज २४ गते शनिवार

राप्ती नदीमा बेपता यादवको शव फेला


दाङ,असार २३ । शनिबार राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

राजपुर गाउँपालिका- २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए।

केसीका अनुसार बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो।

उनका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिम तर्फ बगरमा फेला परेको हो।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *