२०८३ कार्तिक २३ गते आइतवार

नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

दाङ, असार १८ । बाँकेको कोहलपुरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–१३ भरैयाकी ४५ वर्षीया प्रेमा थारुको नुहाउने क्रममा करेन्ट लागेर सोमबार बेलुका साढे ६ बजेतिर मृत्यु भएको हो ।

दिनघर खेतमा धान रोपेर आएकी प्रेमा घरमा आएपछि बेलुका नुहाउन आफ्नै घरको धारामा गएकी थिइन । सोही क्रममा उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।


पानी परिरहेको हुँदा मोटरबाट करेन्ट प्रबाह भइ सोहीबाट करेन्ट लागेको हुन सक्ने प्रहरीको अनुमान छ । थारुको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना बारे थप अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले बताए ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *