२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुरमा २ मोटरसाइकल आपसमा ठोक्किए – २ जना घाइते

तुलसीपुर, असार ७ । तुलसीपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।


दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका – ५ न्यूरोडका ३२ बर्षीय रामप्रशाद लोनिया र तुलसीपुर – १८ पटाहाकी ४९ बर्षीया गीता वली घाइते भएकी छन् ।

लोनियाको दाँया हात भाँचिएको छ भने वलीको निधारमा चोट लागेको छ । दुबैको अवस्था मध्यम रहेको र उनीहरुको सिटी हस्पितल तुलसीपुरमा उपचार भइ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो साढे १२ बजेतिर तुलसीपुर – ११ कटाहाँबाट तुलसीपुर बजार तर्फ आउँदै गरेको रा २ प ९०६९ नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फ आउँदै गरेको रा ४ प ७२८५ नम्बरको मोटरसाइक तुलसीपुर – ६ गोलौरामा एकआपसमा ठोक्किएका थिए ।

घाइते वली रा ४ प ७२८५ नम्बरको मोटरसाइक पछाडि सवार थिइन भने लोनियाले अर्कौ मोटरसाइकल हाँकेका थिए ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *