तुलसीपुर,असार ६ । तुलसीपुरका विभिन्न स्थानहरुमा हाइ मास्ट लाईट जडान गरिएको छ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय लुम्बिनी प्रदेशको सहयोग र तुलसीपुर उद्योग वाणिज्य सघं र बिजौरी उद्योग वाणिज्य सघंको पहलमा तुलसीपुरमा ३ र बिजौरीमा १ गरि ४ स्थानमा हाइ मास्ट लाईट जडान गरिएको हो ।
जस अन्तर्गत तुलसीपुरको गुमराह चोक,बिरेन्द्र चोक,हात्तीचोक र बिजौरीको मानपुर चोकमा उक्त लाइटहरु जडान गरिएको बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काले जानकारी दिए ।
बजारमा हाई मास्ट लाईट जडान भएसगैं उद्योगी व्यवसायी थप उत्साहित भएको र दिनानुदिन भैरहेका उपराधिक गतिविधि कम हुने अपेक्षा राखिएको उनले बताए ।
तुलसीपुरलाई उज्यालो र सुरक्षा दुवैलाई मध्यनजर गरी उच्च क्षमताका लाइटहरु जडान गरिएको तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष विनिल केसीले जानकारी दिए । उनका अनुसार एक हप्ता भित्रमा जडान गरिएको लाइटहरु सञ्चालनमा ल्याउने तयारी भैरहेको छ ।
लुम्बिनी प्रदेश सरकारको झण्डै ५० लाखको सहयोगमा जडान गरिएको उक्त बत्तीहरुको बिल भने तुलसीपुर उपमहानगरपालिका व्यहोर्ने यस अघि नै सहमती भएको छ ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले ल्याएको योजना कार्यान्वयमा आएको छ । यसलाई दिर्घकालिन बनाउन र व्यवस्थापन गर्न सघं क्रियाशिल हुन जरुरी छ ।
