तुलसीपुर, जेठ २७ । माछा मार्न भनेर गएका एक ब्यक्तिको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका–२ बराखुट्टीका ४० वर्षीय सनबहादुर पुनको शनिबार दिउँसो माछा मार्ने भनेर जाल खेल्न गएका थिए ।
उनको शब अर्घाखाँचीको शितगंगा नगरपालिका –८ बडिदमार नजिक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
