२०८३ असोज ७ गते बुधवार

सल्यानमा डुबेर १४ बर्षीय बालकको मृत्यु

दाङ, जेठ १८ । सल्यानको शारदा नदीमा डुबेर १४ बर्षीय एक बालकको मृत्यु भएको छ ।


जिल्लाको कालीमाटी गाउँपालिका – ४ सुनचौरका १४ बर्षीय महेश कुमालको शुक्रबार दिउँसो शारदा नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।


सुनचौरस्थित शारदा नदीको डल्ले रहमा दिउँसो २ बजेतिर माछा मार्न भनेर गएका कुमाल गर्मी भएपछि पौडी खेल्न रहमा पसेका थिए ।

जिल्ला प्रहरी प्रबक्ता भवानीप्रशाद धमलाले चार बजेतिर मात्रै घटना बारे प्रहरीलाई खबर आएको हुँदा प्रहरी घटनास्थल तर्फ लागेको धमलाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *