प्रमोद आचार्य , दंगीशरण, जेठ १४ । दाङको दंगीशरण गाउँपालिका – ३ को बीरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलीमा एक हप्ते निशुल्क योग बिज्ञान शिविर समापन गरिएको छ ।
बिधालयको आयोजना तथा पतनजली योग समिति दाङ, महिला पतन्जली योग समिति दाङ , युवा नेपाल समिति दाङ र पतन्जली योग समिती दंगीशरणको समन्वयमा सात दिने निशुल्क योग शिविरको समापन गरिएको हो ।
शिविर समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भए यता स्वस्थ तथा सस्कारयुक्त दंगीशरण निर्माण अभियानमा जुटेको बताए ।
योगमा सबैलाइ जोड्न योगहल निर्माणको कामलाइ तिब्रता दिएको उनले बताए । पहिलो बर्ष तीन वटा योग हल र यो बर्ष थप दुई वटा योग हल निर्माणको अन्तिम चरणमा रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
गिरीले नेपाल सरकारले आफ्नो निती तथा कार्यक्रममै योगलाइ समेटेकाले पनि अब हरेकदिन कक्षाकोठा प्रबेश गर्नु अगाडी दश मिनेट भएपनि योग र प्रणायाम गर्न निर्देशन दिए ।
कार्यक्रमका बिशिष्ट अथिति शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले सभ्य, स्वस्थ र मर्यादित समाज निर्माणका लागि बिधालय स्तर बाटै योगलाइ अगाडी बढाइ प्राथमिकतामा राख्नुपर्ने बताए ।
पछिल्लो समय बालबालिकाहरुमा नकारात्मक सोचाइका कारण लागु पदार्थ तथा दुब्र्यसनमा फस्ने गरेको भन्दै योग ध्यान र प्रणायाम त्यसको बलियो उपचार रहेको दावी गरे ।
योग र प्रणायामले बालबालिकामा सकारात्मक उर्जा प्रदान गर्ने भएकाले यसको महत्व र प्रभाकारीतावारे बिधालय स्तरबाटै जानकार हुनु राम्रो हुने तर्क गरे ।
कार्यक्रममा पतन्जली योग समिति दंगीशरणका सभापति दिपक बिष्ट, माध्यामिक बिधालाय मधपुरकी प्रधानाध्यापक बिमला कडेल, सिद्ध पृथ्वी जनता माध्यमिक बिधालय श्रीगाउका प्रधानाध्यापक श्रीधर शर्मा, बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलीका बिधालय ब्यबस्थापन समितिका सदस्य गोविन्दप्रसाद आचार्य, पतनजली योग समिति लुम्बिनी प्रदेशका सोसल मिडिया प्रभारी डा. अरुनकुमार श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
