काठमाडौं,जेठ ११ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
मौसम पूर्वानुमा महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ।
यस्तै, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी, आजराति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भु-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन-चट्याङ हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार अन्य प्रदेशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
