२०८३ बैशाख १४ गते सोमवार

निकर गुरुङ एमाले बाँकेको अध्यक्षमा निर्वाचित


दाङ, जेठ ७ । निरक गुरुङ नकेपा एमाले बाँके जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।


सोमबार बिहान सार्वजनिक मत परिणाम अनुसार गुरुङले २९१ मत प्राप्त गरी निर्वाचित भएका हुन ।
गुरुङका प्रतिष्पर्धी डिल्ली बिसीले १५४ मत मात्रै प्राप्त गरे ।

गुरुङ पार्टीको पूर्व जिल्ला उपाध्यक्ष र नेकपा कालमा तीन महिला पार्टीको जिल्ला अध्यक्षसमेत भएका थिए । गुरुङ पार्टी भित्र उपाध्यक्ष बिष्णु पौडेल निकट मानिन्छन् ।


गुरुङ संग पराजित बिसी महासचिव शंकर पोख्रेलको समर्थन थियो ।
बिसी यसअघि पार्टीका उपाध्यक्ष थिए ।

जिल्ला उपाध्यक्षमा लुम्बिनी प्रदेश सरकारका समाजिक बिकास मन्त्रीसमेत रहेका रत्नबहादुर खत्री निर्वाचित भएका छन् । उनी पूर्व उपाध्यक्षपनि हुन । मन्त्री खत्रीले ३१३ मत प्राप्त गरे । प्रतिष्पर्धी रबिन्द्र लम्सालले १३८ मत मात्रै प्राप्त गरे ।

त्यस्तै सचिवमा बलराम भट्टराई १३९ मत प्राप्त गरि बिजयी भए । थप तीन जना प्रतिष्पर्धीहरु मध्य खिमप्रशाद भुसाल ११७, भिम ओली ९५ र दत्तप्रशाद आचार्यले ८८ मत प्राप्त गरेका थिए ।

महिला तर्फ जिल्ला उपसचिवमा १९८ मत प्राप्त गरि निर्मला सुनार बिजयी भएकी छन् । निर्मलाकी निकटतम प्रतिष्पर्धी शारदा कुमार रेग्मी बिश्वकर्माले १३४ मत प्राप्त गर्दा अर्की प्रतिष्पर्धी रचना श्रेष्ठले ११५ मत प्राप्त गरेकी थिइन ।


उपसचिव खुल्ला तर्फ किशोर थापा २६३ मत प्राप्त गरि निर्वाचित भए । निकटतम प्रतिष्पर्धी दीपककुमार वर्माले १२९ र सोहनलाल यादवले ४५ मत मात्रै प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *