तुलसीपुर, वैशाख २९ । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा दिउँसो ३ बजेसम्म १ हजार ८ सय मत खसेको छ।
उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको निर्वाचनमा सो संख्यामा मत खसेको हो ।
उवासंघमा ३हजार ४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । अझै ४८ प्रतिशत मत खस्न बांकी रहेको छ।
निर्बाचन समितिका अनुसार अहिले मतदान जारी छ । मतदान बेलुका ५ बजेसम्म हुने छ ।
प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
