तुलसीपुर, बैशाख २४ । नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा बिनिल केसी नेतृत्वमा सिफारिस गरेका मध्य केही उम्मेदवार हेरफेर गरिएका छन् ।
सोमबार बिहान उद्योग बाणिज्य संघमा काँग्रेसका नेताहरुको उपस्थिथितिमा बिनिल नेतृत्वको टिमबाट निर्वाचनमा भिड्ने अन्तिम उम्मेदवारको नामाबली सार्वजनिक गरिएको हो ।
केसी नेतृत्वको टिममा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी, सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा, र सह–कोषाध्यक्षमा दिपेश भण्डारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, संस्थापक सदस्यमा चिन्तामणि आचार्य, सदस्यहरुमा , शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी (कमल), तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्ट रहेका छन् । यसअघि घोषणा गरिएका केही उम्मेदवार हेरफेर गरिएका हुन ।
