
लिलाधर वली,
घोराही, जेठ १९ । जिल्लाका विभिन्न स्थानमा रहेको गाँजाको बोटहरु प्रहरीले नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लमही नगरपालिका वडा नं. ६ स्थित देउपुरको सार्वजनिक बाटो र आसपासको बांझो खेतमा फैलिएका गांजाको बोट नष्ट गरिएको प्रहरीले बताएको छ । स्थानीय शुभकामना युवा क्लव, प्रहरी, पत्रकार तथा सर्वसाधारण समेतको सहभागितामा अवैध मानिने गाँजाको १ हजार ५ सय वोट विरुवाहरु फडानी गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले देउखुरीको गढवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष प्रकास भण्डारीको संयोजकत्वमा जनप्रतिनिधीहरु, होटल व्यवसायी,विभिन्न बिद्यालयका प्राधानाध्यापक, स्थानिय पत्रकार तथा स्थानियले बोधीपुरको ३ बिघामा आँफै उम्रेको अवैध गाँजाको वोट पनि नष्ट गरेको छ ।
त्यसैगरेर लमही नगरपालिका ८ को स्वर्गद्धारी आश्रम गुठीको जग्गा र बबई गाउँपालिका ४ को गुरुङ चौतारीमा रहेको गाजाँका वोटलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । प्रहरीले यस अघि घोराही उपमहानगरपालिका ५ को धर्नामा पनि यसैगरी गाँजाका बोट नष्ट गरेको थियो ।
