२०८३ असोज ७ गते बुधवार

दाङ कांग्रेसको रक्तदान, ११५ जनाले रगत दान गरे

घोराही, चैत २८ । नेपाली कांग्रेस दाङले बुधबार घोराहीमा रक्तदान कार्यक्रम ग¥यो ।


आफ्नो दोस्रो जिल्ला सम्मेलनको अवसर पारी काँग्रेस दाङले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय १५ जनाले रक्तदान गरेका छन ।

कांग्रेस दाङको अयोजनमा र नेपाल विद्यार्थी संघ दाङको व्यवस्थापन घोराहीस्थित पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्लाका अस्पतालहरुमा बिरामीलाई रगत अभाव हुन नपावस भनेर दोस्रो जिल्ला सम्मेलनको अवसरमा काँग्रेसले रक्तदानको आयोजना गरेको जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए ।


नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलन बिहीबार घोराही उपमहानगरपालिका–१४ स्थित बहुउद्देश्यीय सभागृहमा गर्न लागिएको जिल्ला सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए ।


सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस नेता डा. शेखर कोइरालालगायतका नेताहरु आउने जिल्ला पार्टी सभापति डाँगीले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *