२०८३ कार्तिक २४ गते सोमवार

पश्चिम दाङमा विकासको आधार तयार भयोः मन्त्री मास्की

तुलसीपुर, फागुन २२।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पश्चिम दाङमा विकासको आधार तयार भएको बताएका छन् ।

शान्तिनगर गाउँपालिका भित्रका सहीद,वेपत्ता परिवार तथा घाइतेहरुको सम्मान कार्यक्रममा प्रदेश अर्थमन्त्री मास्कीले पश्चिम दाङमा एकै पटक ९ वटा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको भन्दै केही समयमा यसले परिणाम देखाउने बताए ।

केही पुलमा टेन्डर भइसकेको र केही पुलमा टेन्डर प्रक्रिया अघि बढेको उनले बताए । साथै उनले माथिल्लो सडक स्तरबृद्धिको प्रक्रिया पनि अघि बढेको बताए ।

गाउँ–गाउँमा सडक, खानेपानी, सिंचाई, स्वास्थ्य,शिक्षाका योजनाहरु पनि धमाधम निर्माण भइरहेको भन्दै यो विकासको जग रहेको बताए ।

यही जगमा टेकेर पश्चिम दाङलाई विकसित दाङ बनाउने अभियानमा आफू रहेको मन्त्री मास्कीको भनाई छ ।

नेकपा माओवादी केन्द्र शान्तिनगरको आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताए । साथै माओवादी केन्द्र बबइले आयोजना गरेको कार्यक्रममा पनि शहीद, घाइते तथा वेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *