तुलसीपुर, फागुन १० । शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिभिन्न १७ वटा सूचकमा आधारमा सार्वजनिक गरेको मुल्याङकन प्रतिवेदन अनुसार दाङका दश पालिका मध्ये शान्तिनगर उत्कृष्ट पालिका बनेको हो ।
शान्तिनगरलाई पच्छाउँदै घोराही उपमहानगरपालिका दोस्रो भएको छ । त्यसपछि क्रमशः राप्ती गाउँपालिका तृतिय, दंगीशरण चौथो, गढवा पाँचौं, बबई गाउँपालिका छैठौं स्थानमा छन् ।
तुलसीपुर उपमहानगरपालिका ७औं स्थानमा रहेको छ । त्यसपछि बंगलाचुली गाउँपालिका ८औं स्थानमा आउँदा लमही नगरपालिका ९औं स्थानमा छ । राजपुर गाउँपालिका सबै भन्दा कम अंक प्राप्त गरि अन्तिम दशमा परेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
