तुलसीपुर, फागुन ७ । तुलसीपुर होटल व्यवसायी समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
तुलसीपुर–५ बसपार्कमा रहेको मध्यपश्चिम सल्यानी गेष्ट हाउसमा गत माघ २२ गते खाना पकाउने ग्यास चुहावट भइ आगलागी भएको थियो ।
होटल संचालक मुनकुमारी वलीलाई आइतबार ७ हजार ५ सय ५५ रुपैंया आर्थिक सहयोग प्रदा गरिएको समितिका सचिव तुफान केसीले जानकारी दिए ।
समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता र होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य नेत्रलाल वलीको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
