
तुलसीपुर, माघ १८ । तुलसीपुरको बाणिज्य बैंक बसेको घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
बैंक बसको तल्लो तलाको सुन पसल र कपडा पसलमा आगलागी भएको थियो । आगलागीबाट न्यू नेपाल ज्वयलर्स क्षति पुगेको छ । प्रहरीका अनुसार संगैको कपडा पसलमा पनि क्षति पुगेको छ ।
तुलसीपुर उपमहानगरको दमलक र बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रण लिइएको हो । आगलागिका कारण बाणिज्य बैंक बसेको चौथो तलामा धूवा भरिएको छ ।
नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी सरक्षार्थ खटिएका छन् । सुन पसल र कपडा पसलमा भएको क्षतिको विवरण आउनु बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ । बिद्युत सर्ट भइ आगलागी भएको आशंका गरिएको छ ।
प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
