तुलसीपुर, माघ ११ । माघ १३ गतेदेखि २० गतेसम्म महायज्ञ संचालन गर्न थालेको मुल आयोजक समितिले शुक्रबार बिहान अरनिको मैदनको सरसफाई गर्ने भएको छ ।
बिहीबार मुल अयोजक समितिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि शुक्रबार बिहान महायज्ञस्थल अरनिको मैदानको सरसफाई गरिने जानकारी दिएको हो ।
महायज्ञ मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकाश सिंहले नेपाली सेनासहित सर्वसाधारणले महायज्ञ लगाउने स्थलमा एक दिन पहिले सरसफाई गर्न थालेको बताएका हुन ।
त्यसपछि हरेक दिनको सरसफाईको जिम्मा तुलसीपुर उपमहानगरपालिकाको सरसफाई महाशाखाले लिएको सिंहले बताए । महायज्ञको तयारी पुरा भइ सकेको भन्दै उनले महायज्ञको दिन शनिबार तुलसीपुरको बसपार्कदेखि प्रभातफेरिको आयोजना गरिएको जानकारी दिए ।
त्यो प्रभातफेरिमा सांस्कृतिक झाँकीदेखि सहकारी र टोल बिकास संस्थाका झाँकीसमेत रहने उनले बताए । बिभिन्न बिद्यालयमा समेत प्रभात फेरिमा सहभागिताको लागि आग्रह गरिएको मुल आयोजक समितिले जनाएको छ ।
त्यस्तै महायज्ञमा आउने भक्तजनलाई पानी खुवाउने जिम्मा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लिएकोपनि जानकारी दिइएको छ ।
महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रचार प्रशार समितिका संयोजक सुशिल बस्नेतले गरेका थिए भने स्वागत मनतब्य सहसंयोजक नारायणी रजौरेले गरेकी थिइन ।
