दाङ , माघ ९ । प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ छिट्टै सञ्चालन हुने भएको छ ।
हाल परीक्षण चलिरहेको छ । मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले यहाँ जिपलाइन संचालन गर्न थालेको हो । त्यसका अध्यक्ष इमानसिंह भारतीले मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह र पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुने जानकारी दिए ।
कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहका बीचमा जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमतिको अन्तिम तयारी भइ रहेको छ ।
केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद्दघाट्न गरिने उनले बताए ।
जिपलाइनको दुरी ६ सय ५० मिटरको रहेको छ । यो पार गर्न ३० देखि ४० सेकेण्ड लाग्ने अनुमान गरिएको छ ।
खेल खेल्न आउने नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक हजारदेखि एक हजार पाँच सयसम्म लाग्ने र १० जनाको समुह बनाइ आएमा एकजनाले निशुल्क खेल्न पाउने ब्यबस्था गरिएको छ ।