यमकला भुसाल,
तुलसीपुर,जेठ २ । बिगत १६ वर्षदेखि दाङ तुलसीपुरको ‘ग’ लाइनबाट स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्दे आइरहेको पाल्पाली पोलिक्लिनिक प्रा.लि.नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सबैको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले भिडियो एक्सरेको आधुनिक मेसिन सहित डाक्टरहरुद्धारा निशुल्क परामर्श सेवा तथा चेकजाँच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त अत्याधुनिक प्रविधि तथा उच्च स्तरीय मसिनहरुद्धारा ल्याव टेक्नोलोजिष्टबाट परिक्षण सेवा प्रदान गर्दे आइरहेको अस्पतालका एमवि विएस डां राजिव झा. ले जानकारी दिए ।
त्यस्तै फार्मासिष्टद्धारा औषधि सम्बन्धी उचित परामर्श दिने ,रेडियोलोजिष्टद्धारा भिडियो एक्सरे सम्बन्धी उचित परामर्श तथा परिक्षण गर्ने ,स्टाफ नर्सद्धारा खोप सम्बन्धी उचित परामर्श दिने र अपाङ्गता भएका ब्यक्तिहरुलाई बिशेष छुटमा उपचार गराउने सहमति भएको पनि डां झा ले बताए । यसैगरि अपाङ्गता भएका,हिड्डुल गर्न नसक्ने,गरिव तथा विपन्न परिवारका बिरामीहरुलाई बिषेश छुटका साथ एमबिबिएस डाक्टरद्धारा निःशुल्क ओपिडी सेवा दिईने सहमति भएको अस्पतालका सञ्चालक सुरज ज्ञवालीले बताए ।
अस्पतालले अब छिटै इमरेजेन्सी सेवा र भर्ना सेवा बिस्तारीत गर्ने अस्पतालका अध्यक्ष लक्ष्मण ज्ञवालीले जानकारी दिए । अस्पतलालले सेवामुखी भावनाले र सर्वशुलभ तरिकाले विरामीको सेवा गर्दै आएको समेत उनले बताए । यसैगरि गर्मी महिना सुरु भएसगै अस्पतालमा सरुवारोग,भाइरल ज्वरो,झाडापखाला,दम,पायल्स सुघर टाइफाइट जस्ता रोगका दैनिकी १ सय ५० बढी बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
