दाङ, असोज १० । बाँकेमा एउटा पाटेबाघ मरेको अवस्थामा परेको छ ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका – २ स्थित अशोक सामुदायिक वनभित्र पाटेबाघ मृत अवस्थामा फेला परेको हो ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्र भित्रको सामुदायिक वनमा मंगलबार बेलुका ८ बजेतिर मरेको अवस्थामा बाघ फेला एउटा बुढो जस्तो देखिने बाघ फेला परेको जानकारी दिए ।
बाघ बुढो र उमेर पुगेको जस्तो देखिएको हुँदा कालगतिले मरेको हुन सक्ने आशंका गरिएको छ । बाघको सरदर आयु १८ बर्षसम्म हुने गर्छ भने मरेको बाघको उमेर १५ देखि १६ बर्षको भएको अनुमान गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले पनि मृत फेला परेको बाघ बुढो र अशक्त देखिएको जानकारी दिए ।
मरेको बाघको पेट खाली रहेको हुँदा शिकार गर्न नसक्ने भएरै खान नपाइ मरेको हुन सक्ने अनुमान गरे । मरेको बाघको पोष्टमार्टम पछि त्यसको मृत्युको कारण भन्न सहज हुने उनले बताए ।
बाघले स्थानीयका पशु चौपाया माथि आक्रमण गर्दै आएको थियो । बाघ बुढो भएपछि सजिलो शिकारको खोजीमा लागेको हुन सक्ने शाहले अनुमान गरे ।
