२०८३ मङ्सिर १२ गते शुक्रवार

एतिहासिक सिद्ध रत्ननाथ देबी पाटन महायात्रा हुने

दाङ,असोज ६ । परापुर्ब काल देखि हुदै आएको गोरक्षपात्र देबता सिद्ध रत्ननाथ देबि पाटन यात्रालाई यो बर्ष भब्य बनाईने भएको छ ।

लुम्बीनी प्रदेश सरकारको बिशेष पहलमा यो बर्ष एतिहासिक सिद्ध रत्ननाथ देबी पाटन महायात्रा हुने भएको छ । आगामी चैत्र महिनामा हुने यात्राको प्रारम्भिक तयारी शुरु गरिएको छ ।

दाङको घोराही उपमहानगरपालिका १७ चौघेरामा अबस्थित गोरक्षपात्र देबता सिद्धरत्ननाथ र भारतको देबिपाटन बिचको एतिहासिक सम्बन्ध ,नेपाल र भारत बीचको धार्मिक र सास्कृतिक महत्वको बारेमा जागरण फैलाउनुका साथै धार्मिक सद्भाब र दुई देश बिचको एतिहासिक र सास्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन यो बर्ष महायात्राको आयोजना गर्न थालिएको आयोजक समितिका सदस्य सचिब डाक्टर गोबिन्द आचार्यले जानकारी दिए ।

यो महायात्रालाई लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरबको योजनाको रुपमा अघि सारेको छ । गत भदौ १४ गते सिद्धरत्ननाथ मन्दीर चौघेरामा लुम्बिीनी प्रदेशका मुख्य मन्त्रि डिल्ली बहादुर चौधरीको बिशेष उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महायात्रालाई ब्यबस्थित र प्रभाबकारी बनाउन लुम्बीनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको संरक्षकत्व रहने गरि ७५ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ भने दाङ जिल्लाबाट प्रतिनिधित्व गरेको संघीय सांसद , मन्त्री , प्रदेश सरकारका मन्त्री सासद र अन्य बिज्ञ बौद्धिक ब्यक्तीत्वलाई सल्लाहकार सदस्य चयन गरिएको छ ।

सल्लाहकारहरुमा सुचना प्रबिधि तथा संचार मन्त्री रेखा शर्मा, पत्रकार महासघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल सहित सासदहरु मेठमणी चौधरी, मेनका पोख्रल सहित रहेका छन ।

त्यसैगरि प्रदेश सरकारका मन्त्री तथा सासद र स्थानिय सरकारका प्रमुखहरुलाई पनी सल्लाहकार समितिमा चयन गरिएको छ ।

प्रत्येक बर्ष फागुन महीनाको एकादशीमा नयाँ पीर फेरिने र, फागु पुर्णिामा मध्यरातमा सिद्धरत्ननाथ मन्दीरबाट पात्रदेबता लिएर भारतको देबिपाटन को यात्रा लाग्ने पुरानो चलन छ ।

सोही चलन अनुसार यो बर्ष मुख्य मन्त्रि डिल्ली बहादुर चौधरीको उपस्थितिमा पांच सयबढीको सहभागितामा महापदयात्रा गरिने भएको हो ।

यसैबिच शनिबार गोरक्षपात्र देबता सिद्धरत्ननाथ मठका मठाधिश योगी ब्रम्हनाथको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न उपसमितिहरु गठन गरेको छ ।

जस अन्र्तगत बल देब योगीको संयोजकत्वमा अर्थ ब्यबस्थापन उपसमिति, हिरानाथ योगीको सयोजकत्वमा यातायात ब्यबस्थापन उप समिति, तोयनाथ योगीको सयोजकत्वमा झाँकी ब्यबस्थापन उपसमिति र प्रकाश योगीको संयोजकत्वमा स्वास्थय स्वयम सेबक उपसमिति गठन गरिएको छ ।

त्यसैगरि सितल भुसालको संयोजकत्वमा भोजन आबास उपसमिति, लिला शाहको सयोजकत्वमा प्रचार प्रसार उपसमिति, बल देब यागीको सयोजकत्वमा सरसफाई र्ममत सुधार उपसमिति र शुरेश योगीको अध्यक्षतामा स्वयम सेबक उपसमिति गठन गरिएको छ ।

त्यसै गरि प्राध्यापक डाक्टर शिब कुमार सुबेदीको संयोजकत्वमा अध्यन सम्पादन तथा प्रकाशन उपसमिति र डाक्टर भोलानाथ योगीको सयोजकत्वमा अतिथि सतकार उपसमिति गठन गरिएको छ भने मोहन योगीको संयोजकत्वमा भजन मन्डली उपसमिति गठन गरिएको छ ।

बैठकपछि आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले धार्मिक सद्भाब बढाउन र एतिहासिक सम्पदा र सस्कृतिको जगेर्नाका लागी महायात्रा कार्यक्रम निकै लाभदायि हुने बताएका थिए ।

कार्यक्रममा डाक्टर भोलानाथ योगी , नारायणनाथ योगी, लमही नगरपालिकाका उप प्रमुख लक्ष्मी योगी, घोराही उपमहानगरपालिकाकका उप प्रमुख हुमा डिसी लगाएतले बोलेका थिए ।

नेपालमा भारतको अयोध्याबाट बिबाह पचमीका लागी भारतियहरु नेपाल आउने र नेपालको दाङमा रहेको सिद्धरत्ननाथ मन्दीरबाट गोरक्ष पात्रदेबता लिएर भारतको देबिपाटन जाने सदियौ पुरानो चलन हो यस किसिमको परम्पराले नेपाल र भारतबिचको सास्कृतिक र धार्मिक सम्बन्ध निकै पुरानो रहेको पाईन्छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *