२०८३ मङ्सिर १२ गते शुक्रवार

यस्तो छ,आजको मौसम

काठमाडौँ,असोज ५ । आज (शुक्रबार) काठमाडौं उपत्यकाको मौसम पनि दिनभर बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। यो भनेको आकाशमा बादल हुनु र कतै कतै घाम पनि देखिनु हो।

‘आज काठमाडौं उपत्यकाको मौसम दिनभर यस्तै रहने अनुमान छ’, उनले भने, ‘दिउँसो वा अपराह्नतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

उनका अनुसार यतिबेला ९बिहान ७ बजे० काठमाडौं उपत्यकाको वायुको तापक्रम २१ डिग्री सेल्सियस छ भने बिहान ५ ः ४५ बजेको मापनअनुसार न्यूनतम तापक्रम भने १९.५ डिग्री सेल्सियस छ।

‘आज उपत्यकामा अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म हुने अनुमान छ’, मौसमविद् लामिछानेले भने।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *