२०८३ भाद्र १२ गते शुक्रवार

तीजलाई भड्किलो नबनाउन काँग्रेस नेताहरुको आग्रह

तुलसीपुर, भदौ २७ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन काँग्रेस नेताहरुले आग्रह गरेका छन् ।

नेपाली काँग्रेस तुलसीपुर नगरले बुधबार तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजना गरेको तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्ने नेताहरुले तीज महिलाको स्वतन्त्रता र आपसी मिलनका रुपमा लिइने मौलिक पर्व भएको भन्दै सोही रुपमा मनाउन आग्रह गरेका हुन ।

बक्ताहरुले पछिल्लो समय पर्व मनाउने नाममा देखासिखीका कारण तीज भड्किलो बन्दै जान थालेको हुँदा सामाजि र मौलिक पर्वलाई सांस्कृति मर्म अनुरुप मनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले देखासिखीका रुपमा पर्वलाई मनाउन नहुने धारणा राखेका थिए ।


फरक प्रशंगमा उनले तुलसीपुर – १२ स्थित टरिगाउँ एयपोर्टका लागि पछिल्लो समय आफ्नो पहलमा धावन मार्ग स्तरउन्तिको लागि पाँच करोड बजेट बिनियोजित भएको बताएका थिए ।

त्यस्तै आँफु लगाएत जिल्लाबाट निर्वाचित नेताहरुको पहलमा तुलसीपुर– घोराही अलपत्र चारलेन सडकको ठेक्का सम्झौता रद्द भइ हाल मर्मतका लागि दुई करोडमा काम भइरहेको बताए । बर्षाका कारण काममा केही बिलम्ब भएपनि मर्मत पछि यात्रा थप सहज हुने उनले आशा ब्यक्त गरे ।

पहिले तुलसीपुर– घोराही चार लेन सडक कतै चार लेन र कतै दुई लेनको मात्रै रहेको हुँदा अब नयाँ टेन्डर गर्दा अनिवार्य रुपमा सबै सडक खण्ड चार लेनमा बिस्तार गर्ने गरि तयारी गरिएको भन्दै उनले त्यसलाई सफलताका रुपमा लिन आग्रह गरे ।

त्यसका साथै नेता गिरीले बिगतमा आँफु नौं महिना सिंचाइ मन्त्री हुँदा जिल्लामा भएका बिकास निर्माणको चर्चा गरेका थिए । दाङ उपत्यका बृहत सिंचाइ परियोजनाको केन्द्रीय कार्यालय तुलसीपुरमै स्थापना भइ काम भइ रहेको, जिल्लाका नदी र खोला नालामा ठाउँ ठाउँमा तडबन्ध गरि किसानको जग्गाको संरक्षण गरेको, जिल्लाका धेरै खोला नालामा पुलहरु निर्माण गर्न सफल भएको उनले बताएका थिए । त्यस्तै उनले भविश्यमा फेरि त्यस्तै बिकासे मन्त्री भए जिल्लाको बिकास र निर्माणमा उल्लेखनिय भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला सभापति शंकर डाँगीले काँग्रेस पार्टी आँफैमा महासागर भएको हुँदा यसमा धेरै सबल पक्ष र बिबादहरु रहेपनि ती बिबादलाई अघिपछि अघिपछि गरेपनि कार्यक्रमको मर्म अनुरुप तीज मिलन कार्यक्रममा कसैले पनि गर्न नहुने बताएका थिए ।
सभापति डाँगीले पार्टीको गरिमा र शाख टोल टोलमा जोगाउनका लागि हरेक सदस्यहरु जिम्मेवार भइ काम गर्नु जरुरी रहेको बताएका थिए ।

काँग्रेस दाङका पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्काले पर्वहरु सामाजिक, सांस्कृति र मौलिक रुपमा मनाउनु पर्ने जोड दिएका थिए ।
पार्टीका कार्यकर्ताले बिधि, बिधान र पार्टीको मर्यादा कहिलै पनि उलंघन गर्न नहुने उनको भनाई थियो ।
‘अनुसाशन हरेक कार्यकर्ता स्वएंले पालना गरे मात्रै पार्टी र संगठन मजबुत हुने गर्छ,’ उनले भनेका थिए ‘पछिल्लो समय पार्टीमा बैचारिक क्षमता भन्दा उच्छृङखला बढेको देख्दा मन खिन्न हुने गर्छ ।’

ब्यक्तिगत नैतिकता र अनुसाशन हरेक नेता कार्यकर्ताको सबै भन्दा ठूलो निधि हुने भन्दै त्यो जोगाइ राखे मात्रै समाजमा मर्यादा बढ्ने र त्यसबाट पार्टीको शाखपनि जोगिने उनको तर्क थियो ।

तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी प्रमुख अतिथि र दाङ जिल्ला सभापति शंकर डाँगी बिशिष्ट अतिथि थिए ।
तुलसीपुर नगर उपसभापति बिनिल केसीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमलाई प्रमुख अतिथि गिरी, बिशिष्ट अतिथि जिल्ला सभापति डाँगी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व प्रदेश सांसद शंकर गिरी, प्रदेश सदस्य जानुका बस्नेत, जिल्ला सचिव बालिका लम्साल, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, दलित संघ लुम्बिनी प्रदेशका अध्यक्ष जोगेन्द्र बिश्वकर्माले तीजको महत्व बारे चर्चा गरेका थिए ।
नेतृ सुशिला सुबेदी, निर्वाचन क्षेत्र नं. ३ (२) सभापति खिमबहादुर वली, ३ (१) का सपभाति देबेन्द्र रिजाल, निर्वाचन क्षेत्र नं. २ (२) का सभापति अभियान बस्नेत, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका सभापति प्रकाश बस्नेत, तुलसीपुर – १३ का सभापति चेतकान्त योगी लगाएतले तीज हिन्दु महिला दिदी बहिनीको उल्लास र स्वतन्त्रताको पर्व भएपनि त्यसलाई मर्यादित रुपमा मनाउन आग्रह गरेका थिए ।

कार्यक्रमको सहजीकरण तुलसीपुर नगर सचिव द्धय सुशिल वली र बिमल पौडेलले आलोपालो रुपमा संचालन गरेका थिए ।

तस्बिरमा हेर्नुहोस – काँग्रेस तुलसीपुर नगरले बुधबार आयोजना गरेको तीज मिलन कार्यक्रम ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *