२०८३ असोज २८ गते बुधवार

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

तुलसीपुर,असार ८ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन्।

१६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो।

त्यसअघि छात्राले श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको र यो कुरा कसैलाई भने मार्नेसम्मको धम्की दिएको फेसबुकमा लेखेकी थिइन्। पीडित पक्षले जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *