काठमाडौं ,असार २ । स्वास्थ्यका एजेण्डासहित सातै प्रदेशले बजेट ल्याएका छन् ।
कोशी, मधेश, बागमती , गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशले बजेट ल्याएका हुन् ।
सबै प्रदेशलले ल्याएको बजेटमा स्वास्थ्यका पुरानै कार्यक्रमलाई निरन्तरता दिएको देखिन्छ ।
संघीय सरकारले जेठ १५ गते संघीय सदनमा बजेट प्रस्तुत गर्छ ।
प्रदेश सरकारहरुले असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आएको छ । कोरोना महामारीपछिको स्वास्थ्य क्षेत्रलाई बजेटले कसरी सम्बोधन गर्छ भन्ने धेरैको चासो थियो । तर, संघीय सरकार र प्रदेश सरकारले ल्याएको बजेटमा खासै नयाँपन छैन ।
प्रदेशहरुले पनि संघको सिको गर्दै सांसदलाई बजेट दिएका छन् । यो बजेट व्यापक दुरुपयोग हुँदै आएको छ । ७५ प्रतिशत सांसदहरूले उक्त बजेट दुरुपयोग गर्ने गरेको चर्चा छ ।
सांसदलाई बजेट दिएर उनीहरूको पदको गरिमामै आँच पुर्याउने काम गरिएको छ । यसले सांसदको हैसियतलाई वडाध्यक्षसँग तुलना हुन थालेको छ ।
प्रदेशहरुले अघिल्लोपटक ल्याएको बजेट कार्यान्वयनको पाटोमा भने निकै फितलो बनेको पाइन्छ ।