२०८३ बैशाख ३ गते बिहिवार

सरसफाई अभियानमा जुटे आमा समुहका महिलाहरु

लमही,असार २ । लमही नगरपालिका वडा नम्बर ५ का आमा समुहका महिलाहरु सरसफाई अभियानमा जुटेका छन् ।उनीहरुले घरायसी र बाताबरणिय सरसफाईमा चोसो बढाएका हुन ।

गर्मिबढेसगैं घर वरिपरिको फोहोर नालामा जमेको पानीले बातावरणीय स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने हुदाँ समुदायमा सचेतना बढाउन सरसफाई अभियानको शुरुवात गरिएको लमही नगरपालिका वडा नम्बर ५ आमा समुहका अध्यक्ष तपस्या खड्काले बताइन ।

नगरपालिकालाई चिनाउने लमही नगरपालिकाको प्लानिङ क्षेत्र रातोडाँडाको बिकास लागि आमा समुह गठन भएको र समुहले महिलाहरुको हकहितका साथैे प्लानिङ क्षेत्रलाई सरसफाइको दृष्टिले नमुना योग्य बनाउन सरसफाई अभिान शुरु गरेको खड्काको भनाई छ ।
संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार सरसफाई कामलाई तिब्रता दिने भएको छ ।

महिलाहरुले शनिवार बिहान लमही नगरपालिका ५को प्लानिङ क्षेत्र अन्र्तगतको चारलेन र भित्रि सडकहरुमा सरसफाई गरेका थिए ।

त्यस कार्यक्रममा बोल्दै लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओम प्रकाश सुबेदी सागरले लमही नगरपालिकाको मुख्य केन्द्रको रुपमा रहेको प्लानिङ क्षेत्र रातोडाडाको बिकासका लागि आफुले माग र आबश्यकताको आधारमा बजेट बिनियोजन गर्ने बताए ।

रातोडाँडा सक्रियताले प्लानिङ क्षेत्रको मुहार फेरिने बिश्वास ब्यक्त गरे । रेडियो हाईवेका सम्पादक लिला शाहले महिलाले थालेको अभियानको सराहाना गर्दे बिकासका दृष्टिीले पछाडी परेको रातोडाँडाको विकासका लागि महिलाहरु अघिबढ्नु पर्ने बताइन ।

सो अबसरमा लमही नगरपाकिलीका वडा न्म्बर ५का वडा सदस्य केशब अधिकारी टोल बिकाश सस्थाका सचिब पदम अधिकारी लगाएतले बोलेका थिए ।

समुहका सचिब राधिका पोखरेलले सचालन गरेकोे कार्यक्रममा लमही नगरपालिका रातोडाँडाका १ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

२०४५ सालमा शहरीकरणका लागि प्लानिङ गरिएको रातोडाँडाको घडेरी बिक्रीको आम्दानीले नगरबिकास समितिले बजार क्षेत्रमा करोडौको भबन निर्माण गरेतापनी सो क्षेत्रको बिकासका लागि भने खासै केही काम गर्न सकेको छैन ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *