२०८३ असोज २८ गते बुधवार

यौन दुर्व्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा

काठमाडौं ,जेठ २३ । यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो।

जिल्ला न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो। कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो।

राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क) (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ।

दोषि वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ। राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।

यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन्।

तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उदेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *