घोराही,जेठ ७ । घोराही – ७ सौडियार स्थित मा.वि सौडियार स्कुलको अनुगमनका लागि पौने १२ वजेको सेरोफेरोमा घोराही उपमहानगरको शिक्षा महाशाखाको टोलि विद्यालय पुग्यो ।
अनुगमन टोलि विद्यालय पुग्नासाथ खालि घण्टी कारण विद्यार्थि असरल्ल प्राङ्गणमा छरीएर बसेको भेटियो । उपमहानगरको शिक्षा शाखा प्रमुख नारायण पौडेल प्राथमिक तहको पढाई र शिक्षण सिकाईको अवस्था हेर्न कक्षा ३ मा सिधै त्यतातर्फ सोझीए ।
सो कक्षामा गणित विषय पढाइ रहेका थिए प्रावि शिक्षक वामदेव पोखरेल । पोखरेलको कक्षा अवलोकन गर्नेक्रममा शिक्षा शाखा प्रमुख पौडेलले सोही कक्षामा अध्ययनरत विद्यार्थिलाई जोड घटाउ गर्न लगाए ।
तर, विद्यार्थिले सामान्य जोड घटाउ पनि जानेन् । विद्यार्थिले जोड घटाउ नजानेपछि कक्षा अवलोकनमा पुगेका पौडेललाई नेपालि मिडियमका प्राविका शिक्षक पोखरेललाई सुझाव दिदै भने–‘सरले पढाउनका लागि पढाउनु त भयोे, तर सिकाउनु भएन, अहिलेसम्म पढाउदा पनि जोड घटाउन नजान्ने कस्तो पढाइ हो, शिक्षण सिकाई ठिक भएन् ।’
पौडेलले विद्यालयका शिक्षकको हाजिरी वारे पनि सोधिखोजि गरे ।
अनुगमनकाक्रममा शिक्षक मोति केसि निवेदन दिएर विदामा बसेको र अन्य सबै शिक्षक उपस्थिती रहेको पाईएको बताउदै विद्यालयका चार वटा कक्षाहरु खालि हुँदा विद्यालयको अफीसमा बसेर कुराकानि गरीएको भेटिएको बताए ।
खालि कक्षा हुँदा हुँदै पनि शिक्षकहरु अनावश्यक गफहरु गरेर अफीसमा बसेपछि पौडेलले तत्काल खालि कक्षामा गई पढाउन शिक्षकलाई निर्देशन दिएका थिए ।
त्यस्तै विद्यालयमा दिवा खाजा कार्यक्रमको रुटिन अनुसार नै खुवाईएको पनि उनले बताए ।
विद्यालय ब्यवस्थापन समितिले शिक्षा सुधार गर्नका लागि ल्याएका कार्यक्रमहरुलाई कार्यान्वयन तहमा लगेर सहयोग र समन्वय गर्न पौडेलले निर्देशन दिए ।
उनिसंगै अनुगमनमा शिक्षा शाखाकै कर्मचारी घनश्याम वलि, सिता शर्मा, विद्यालय ब्यवस्थापन समिति सदस्य जिउधन चौधरी, शैक्षिक अनुगमन समितिका लोकबहादुर कुवर खटिएका थिए ।
त्यस अवसरमा विब्यस सदस्य चौधरी र शैक्षिक अनुगमन समितिका सदस्य कुवरले विद्यालयमा भौतिक पुर्वाधार, खानेपानि र शौचालयको माग गरेका थीए ।
यसैगरेर अनुगमन समितिले विद्यालयको वाल विकास केन्द्रमा अत्यन्तै न्युन विद्यार्थि रहेकाले विद्यार्थि सख्या नबढे दरवन्दि अनेत्र जाने पनि चेतावानि दिएको छ ।
वाल विकास केन्द्रमा ३ जना सकाको दरवन्दि रहेता पनि विद्यालयमा ८ जना वालवालिकाले पढ्दै आएका छन् ।
साथै शाखा प्रमुख पौडेलले विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई चुस्त दुरुस्त प्रशासन राख्न र विद्यालय ब्यवस्थापन समितिको योजना अनुसार काम गर्न निर्देशन दिएर अनुगमन टोलि फर्कीएको बताए ।