२०८३ असोज २८ गते बुधवार

पुर्व गृहमन्त्री खांणका स्वकीय सचिव केसी पक्राउ

काठमाडौं, बैसाख २७। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खांणलाई पक्राउ गरेसंगै उनका सहयोगी केसीलाई पनि बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनीहरूलाई शुरुमा अपराध महाशाखा बानेश्वर र त्यसपछि काठमाडौं प्रहरी परिसर लगिंदैछ । यसअघि उक्त प्रकरणमा १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो। गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो।

अडिओबारे प्रहरीले छानबिन गरिरहेको छ। सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी वैशाख २० बैसाख देखि फरार छन्।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *