२०८३ असोज ६ गते मङ्गलवार

गर्भवती महिलाको भिरबाट लडेर मृत्यु

डोटी ,बैशाख १३ । जोरायल गाउँपालिका–१ कि एक गर्भवती महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।

जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन । दिउँसो खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए ।

प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *