२०८३ असोज ५ गते सोमवार

रवि लामिछानेका चालक थापाको अवस्था चिन्ताजनक

काठमाडौँ ,बैशाख ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को स्वास्थ्य अवस्था चिन्ताजनक छ।

मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको अवस्था ‘क्रिटिकल’ छ। उनको मुटुको चाल र रक्तचाप चिकित्सकीय उपकरणका सहायताले मेन्टेन गरिएको बताइएको छ।

‘उनको अवस्था अत्यन्तै क्रिटिकल छ। अहिले मेसिनको सहायताले मुटुको चाल र रक्तचाप मेन्टेन गरिएको छ,’ अस्पताल स्रोतले भन्यो।

थापा सोमबार (वैशाख ४ गते) बिहान चितवनस्थित रवि लामिछानेको घरको छतबाट खसेको अवस्थामा फेला परेका थिए। राति सुत्नका लागि छतमा गएका उनी बिहान घाइते अवस्थामा फेला परेपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो।

चितवनबाट उनलाई वैशाख ५ गते नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *