२०८३ बैशाख १७ गते बिहिवार

सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तुलसीपुर,चैत ५ ।  दाङमा आइतावार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

आइतवार बेलुकी छ बजे घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ०३—००१ क.०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२—०१६ प.३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्यूठान नौवाहिनी गाउँपालिका ६ बस्ने ३२ वर्षिय राजन केसी, उनकी श्रीमती २६ वर्षिया सन्ध्या केसी र दुई वर्षकी छोरी गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका घाइतेमध्ये मोटरसाइकल चालक केसीको उपचारको क्रममा मृत्यु भएको छ ।

मिनी ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *