२०८३ असोज २८ गते बुधवार

सुनकाे मूल्य तोलामा तीन सयले बढ्यो

काठमाडौँ,माघ ९ । साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै,आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो।

यता, सोमबार चाँदीको भाउपनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ १३ सय ७५ रुपैयाँ कायम रहेको थियो।

 

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *