२०८२ फाल्गुन ३० गते शनिवार

आज चन्द्रग्रहण लाग्ने


काठमाण्डाै ,कात्तिक २२ । आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण काठमाण्डौको सामाखुसीमा रहेको तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ ।

सामाखुसीको एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

भरे बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्ने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ ।

बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ। बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिन्छ ।

१ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

यसअघि गएको ८ गते मङ्गलवार कात्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *