शिद्देश्वरी,अरनिको र मुसिकोटको बिजयी सुरुवात
लक्ष्मण बस्नेत,तुलसीपुर,साउन १० ।
दाङको तुलसीपुरमा मंगलबार देखि अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ सुरु भएको छ ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिता तथा प्रशिक्षण केन्द्रको पुर्व सिंचाई मन्त्री एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले उद्घाटन गरेका हुन ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरिले खेलकुदको विकास स्थानीय स्तरबाटै हुनु पर्ने बताए ।
मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको बिकास स्थानिय स्तरमै हुनुपर्छ अव स्थानिय तह पनि सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक रहेको उनले बताए ।
आफु पुर्व खेलाडी पनि भएको अनुभव सुनाउदै नेता गिरिले खेल बिकासमा आफू लागि पर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका बिशिस्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले खेलकुदको बिकासमा स्थानीय सरकार गम्भीर नभएको भन्दै आक्रोश पोखे ।
निजि क्षेत्र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक भइरहदा स्थानीय निकायले खेल क्षेत्रलाई हेर्ने दृष्टीकोण फराकिलो बनाउन नसकेको बताए ।
अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ,उनले भने, स्थानिय तहको खेलकुद हेर्ने स्थानिय सरकार नै हो यसर्थ यथेष्ट बजेट छुट्याएर खेल बिकासमा जुट्न आग्रह गर्दछु ।
सो अबसरमा तुलसीपुर उपमहानगरपालिका वडा न. ६ का अध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्य,लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
राप्ती किङ प्रशिक्षण केन्द्रका सल्लाहकार केदार राज श्रेष्ठको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
यसैबिच प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालित प्रतियोगिताको आज पहिलो दिन अरनिको माबी रोल्पा,शिदेश्वरी माबी रुपन्देही र मुसिकोट बहुमुखी क्याम्पस कलङ्गाले बिजयी सुरुवात गरेका छ्न ।
यस्तै प्रतियोगिता अन्तरगत बुधबार बिहान ७ बजे न्यु होराईजन रुपन्देही र जनश्रम माबी खाद्रे भिड्नेछन् । भने दोश्रो खेल भिमसेन माबी र गोरखा माबी ब्लु बिच हुनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए ।
प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ ।
जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
