२०८३ बैशाख १३ गते आइतवार

खेलकुद क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लैजानु पर्छ मन्त्री- चौधरी

स्तरिय १२ औ रास्ट्रपति रनिङ शिल्ड सुरु


दाङ,असार १७ । दाङ जिल्ला स्तरिय १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र रास्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समितिद्वारा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै मन्त्री चौधरीले खेलकुद क्षेत्रलाई देशको समृद्धि संग जोडेर लैजानु पर्ने बताए ।

खेलकुद रास्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटनको गन्तव्य को रुपमा बिकास गर्न सके देश समृद्धिको दिशा तर्फ उन्मुख हुने उनले बताए ।

दाङ जिल्ला खेलकुदको उर्वरमुमी भएको बताउदै चौधरीले भौगोलिक भुबनोट र हावा पानीका दृस्ठिकोणले उत्तम मानिएको जिल्लाको खेल बिकासमा आफू लागि पर्ने आश्वासन बाडे ।

त्यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराईले देशमा संघियताको अभ्यासले खेलकुद क्षेत्रलाई छुन नसकेको बताए ।

संघियताको अभ्यास भए पनि नितिगत अभ्यास हुन सकेन जसको प्रत्यक्ष मार खेलकुदले खेपिरहेको उनले बताए । साथै आफू केन्द्रमा जरा गाडेर बसेको खेलकुद लाई स्थानिय स्तरमा ल्याउन प्रयासरत रहेको समेत बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले मानव स्वास्थ्य संघ प्रत्यक्ष जोडिएको खेलकुदको बिकासमा आफू चासो र चिन्तनका साथ लागि पर्ने बताइन ।

कार्यक्रम जिल्ला समन्वय समिती दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथालुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराई र तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।

दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए

यसैबिच प्रतियोगिताको शुक्रबार पहिलो दिन एथलेटिक्स ट्रयाक छात्र १०० मिटर दौडमा पब्लिक ज्ञान ज्योती तुलसीपुरका हिम सागर ओलि प्रथम,रोजि बर्डस लमहिका हिमाल अधिकारी द्वितिय र नेपाल पुलिस स्कुल घोराहिका अनिश चौधरी तृतीय भए ।

त्यस्तै १०० मिटर छात्रा तर्फ गोरखा माबी तुलसिपुरका रितिका बोहरा प्रथम,गुरुजजुर माबी तुलसीपुरका निसा केसि द्वितिय, नेपाल पुलिस स्कुलका बन्दना खड्का तृतीय भए ।

यसैगरी १५०० मिटर पुरुष छात्र तर्फ ग्रेट अरनिको तुलसीपुरका बबलु वलि प्रथम,ज्योतिस्मती लमही – मनदिप खत्री द्वितिय,गोरखा माबी लमहीका बाला राम घर्ती मगर तृतिय भए ।

त्यस्तै छात्रा तर्फ १५०० सय मिटरमा गोरखा माबी तुलसीपुरका बिस्णु ओलि प्रथम,माबी खाद्रेका मनिसा सिह ठकुरी द्वितिय र नेपाल पुलिस घोराहीका कबिता गौतम तृतिय भए ।

त्यस्तै सटपुट थ्रो छात्र तर्फ जनता माबी गढवाका सचिन कुमाल प्रथम,सहिद स्मृतिका सुशील शाही द्वितिय र पुलिस बोर्डिङ स्कुलका एन्जल चन्द तृतिय भए ।

त्यस्तै रोजि बर्डस लमहीका प्रमिला चौधरी प्रथम, हिमाल एकाडेमिका संचिता चौधरी द्वितिय र नेपाल पुलिस स्कुलका बिपना प्रटेल तृतिय भए ।

त्यस्तै ४ गुणे ४०० मिटर रिले दौड छात्र तर्फ जनप्रीय बोर्डिङ स्कुल बालापुरका सेवक अधिकारीको टिम प्रथम, रोजि बर्डस लमहिका हिमाल अधिकारीको टिम द्वितिय र ज्ञान ज्योतिका एक राज केसिको टिम तृतिय भए ।

त्यस्तै छात्रा तर्फ गोरखा माबी का करुणा रिजालको टिम प्रथम,ग्रेट अरनिकोका अस्मिता सार्किको टिम द्वितिय र रोजि वर्डसका सबिता यादवको टिम तृतिय भए । उता भलिबल र कबडि खेल तर्फ पहिलो चरणका खेल भएका छन ।

यसैबिच प्रतियोगिता अन्तरगत शनिवार बिहान एथलेटिक्स तर्फ २००,८००, ज्याभलिन थ्रो,लङजम्प,हाईजम्प हुनेछन भने भलिबल,कबडी, तेक्वान्दो र करातेका खेल हुनेछ्न ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *