२०८३ असोज ४ गते आइतवार

बढ्यो सार्वजनिक यातायातको भाडा

दाङ, असार ६ । सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ।

आइतबार मध्य रातिदेखि लागुहुने गरि फेरि पेट्रोलियम पदार्थमा मूल्य बढाइए पछि सार्वजनिक सवारी साधनको भाडापनि बढेको हो ।

नेपाल आयल निगमले मध्यराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैं्रया, डिजेल र मट्टितेलमा २७ रुपैंया मूल्य बढाएको छ ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५ दशमल ३ प्रतिशतदेखि अधिकतम ७ दशमल ७ प्रतिशतसम्म भाडा बढाएको छ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा भाडा बढाइएको हो ।
तर, स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।

जसअनुसार तराईमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा ७ दशमलब ७ प्रतिशतले र पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारीमा ६ दशमल ९४ प्रतिशतले भाडा बढेको छ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *