२०८३ असार १३ गते शनिवार

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाण्डौ,असार २ । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

कुवेतमा भएको छनोटमा नेपाल अङ्कविहीन बनेको थियो । समूह’ए’मा रहेको नेपाल समूहको पुछारमा छ ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

मङ्गलवार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेका छन् ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *