२०८३ बैशाख १७ गते बिहिवार

तुलसीपुर ७ का नवनिर्वाचित जनप्रतिनिधिहरुले गरे पदभार ग्रहण

तुलसीपुर,जेठ १३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन । शुक्रवार वडाले आयोजना गरेको कार्यक्रममा उनीहरु पदभार ग्रहण गर्दै जनतासंग संगै रहेर काम गर्ने बताएका छन् ।

त्यस अवसरमा नवनिर्वाचित वडाध्यक्ष रामबहादुर जिसीले नागरिकका हरेक समस्यामा हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

उनले वडाले बिषेश गरेर सामाजिक सुरक्षा भत्ता वडाबाट प्रदान गर्ने, भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई सिघ्र व्यवस्थापन गर्ने लगाएतका योजनाका प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्क्ताहरले जनताको नजिकको साथी बनेर, वडालाई नमुना वडा बनाउन सुझाब दिए । उनीहरुले त्यसका लागि वडाबासीले सधै साथ दिने बताए ।

त्यस अबसरमा एन प्यासनका अध्यक्ष बिमल गौतम, जनमोर्चाका दुर्गा प्रसाद भण्डारी, जीवन भण्डारी, समाजबादीका प्रतिनिधि प्रेमचन्द्र गैरे, माओवादीका प्रतिनिधि लिलाधर बिश्वकर्मा, एमालेका खगेश्वर पराजुली, कांग्रेसका ओम वली, जोगेन्द्र बिश्वकर्मा, डिल्लीराज भण्डारी लगायतले शुभकामना दिदै आगामी दिनमा वडाबासीको मन जित्ने गरि काम गरेर देखाउन सुझाव दिए ।

यस्तै निवर्तमान वडा सदस्य चित्रा मल्ल, निवर्तमान अध्यक्ष टोपबहादुर केसीले ५ बर्षसम्म गरेका कामको समिक्षा गर्दै अब आएका जनप्रतिनिधिले राम्रा काम गर्ने र अधुरा कामहरुलाई पुरा गर्ने बताए । उनीहरुले विकास निमाणर्को कामदेखि सबै काममा वडालाई अब्बल बनाउने कुरामा आफुले हरदम साथ दिने बताए ।

वडा अध्यक्ष राम बहादुर जिसिको अध्यक्षता एवं निर्वतमान वडाध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *