
तुलसीपुर, बैशाख १२ । नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकामा मेयरका उम्मेदवार टीकाराम खड्काले आँफुलाई निर्वाचित भए तुलसीपुर क्षेत्रको गरिबी हटाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
सोमबार तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका एमाले दाङका यसअघिका अध्यक्षसमेत रहेका खड्काले समाजको संबृद्धि, श्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा सुधारका लागि आँफुले काम गर्ने आश्वासन बताए ।
त्यस्तै उपमेयर पदकी उम्मेदवार श्यानी चौधरीले आँफुले जिते तुलसीपुरलाई आहा बनाउने प्रतिक्रिया दिइन ।
चौधरी पहिलो पटक सक्रिय राजनीतिमा उभिएकी हुन । अहिले सम्म उनले तुलसीपुरमा ‘दिदी घर’ संस्था चलाउँदै आएकी थिइन ।
तुलसीपुरलाई आहा बनाउने गुणस्तरिय शिक्षामा आँफुले जोड दिने उनको जोड थियो ।
एमालेका नेताहरु मनोनयन दर्ता गाउँ गाउँबाट बसमा मानिसहरु ल्याएर शक्ति पर्दशन गरेका थिए । उनीहरु पञ्चे बाजासहित नाच्दै गाउँदै मनोनयन दर्ता गर्न पुगेका थिए ।