२०८३ असोज २९ गते बिहिवार

रमेश पाण्डे घोराही १५ मा फेरि दोहरिने चाहाना

तुलसीपुर, चैत २१ । घोराही उपमहानगरपालिका वडा नं.१५ को वडाध्यक्षमा फेरि दोहरीने चाहाना वडाध्यक्ष रमेश पाण्डेले ब्यक्त गरेका छन् ।
२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पाण्डे घोराहीमा सबै भन्दा लोकप्रिय छबी बनाउने मध्यका एक वडाध्यक्ष हुन ।
‘ म फेरि वडाध्यक्षमा दोहरिने छु,’ पाण्डेले फरककोणसंग भने ‘ जनताका गर्न बाँकी अधुरा कामहरु यो कार्यकालमा पुरा गर्ने छु ।’
वडाबासी धेरैले आँफुलाई पुनः वडाध्यक्षमा दोहरिन आग्रह गरेको हुँदा फेरि पनि आँफु वडाध्यक्ष पदमा उम्मेदवार बन्ने निश्चयमा पुगेको उनले बताए ।
आँफु वडाध्यक्ष हुँदा इमान्दारी पूर्वक वडाबासीको हितमा काम गरेको हुँदा सबैले मन पराउने गरेको उनले दाबी गरे ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *