दाङ, फागुन ६ । पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ दाङको अध्यक्षमा हुमा डिसी निर्वाचित हुभएकी छिन ।
बिहीबार एमाले पार्टी कार्यालय घोराहीमा सम्पन्न अनेमसंघको ८औं जिल्ला सम्मेलनले डिसीको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा शोभा खड्का र लक्ष्मी शर्मा, सचिवमा युवा करारा, सहसचिवमा पशुपति चौधरी र कोषाध्यक्षमा कमला देउजा निर्वाचित भएका छन ।
८औं जिल्ला सम्मेलनको प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्यूरो सदस्य, उपत्यका विशेष कमिटीका इन्चार्ज तथा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सचिव सुजिता शाक्यले महिलाको हक अधिकारका लागि अनेमसंघको ठूलो भूमिका रहेको बताइन ।
अनेमसंघको संघर्षले गर्दा आज देशमा राष्ट्रपति देखि राज्यको नीति निर्णय गर्ने उच्च पदमा समेत पुग्न सकेको, महिलाको प्रतिष्ठा बृद्धि भएको, तथा स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला र प्रदेश सभा र संसदमा एक तिहाईभन्दा बढी महिलाको सहभागिता सम्भव भएको उनको भनाई थियो । शाक्यले अनेमसंघ महिलाको हक अधिकारको नेतृत्व गर्ने गौरवशाली संस्था भएको बताइन ।
साथै शाक्यले महिलाहरू आरक्षणमा मात्र सीमित नभई प्रतिष्पर्धामा समेत अगाडी बढ्ने बेला अव भैसकेको बताइन । देशको सन्तुलित विकासको लागी समान सहभागीता आवश्यक रहेको भन्दै उहाँले महिला९पुरूष बराबरी सहभागिता अनेमसंघको आगामी लक्ष रहेको र त्यसको प्राप्तीका लागि अझै संघर्ष जारी रहेको बताइन ।
जसका लागि महिला पनि सक्षम हुन आवश्यक रहेको उनको भनाई थियो ।
