२०८३ बैशाख १३ गते आइतवार

चार देशीय टी–२० श्रृङ्खला : नेपालले आज आयरल्यान्डसँग खेल्दै

काठमाण्डौ,फागुन २ । ओमानमा भइरहेको चार देशीय टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्यान्डसँग खेल्दैछ ।

खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो पौने चार बजे हुनेछ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।

आजको खेलसँगै नेपालको आईसीसी टी-२० विश्व कप ग्लोबल छनोट ‘ए’का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

ओमानमा आउँदो ६ गतेदेखि सुरु हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’को तयारी स्वरुप श्रृङ्खला आयोजना भएको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *