काठमाण्डौ,माघ ७ । नेपाल प्रहरीका ६ सय ७१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाको तेस्रो लहर सुरु भएपछि अहिलेसम्म ६ सय ७१ जना प्रहरी सङक्रमित भएका नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सङ्क्रमित उनीहरुको स्वास्थ्य अवस्था जटिल नरहेको समेत बताए । उनले सङ्क्रमित हुने प्रहरीको संख्या थपिँदै गए पनि नेपाल प्रहरीको काम प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे ।
दैनिक शान्ति सुरक्षा तथा अन्य गतिविधिमा कुनै जटिलता नरहेको उनको भनाई छ । प्रवक्ता केसीले फ्रन्ट लाइनमा खटिने प्रहरीका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताए ।
प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
