२०८३ जेष्ठ ३१ गते आइतवार

मेयरसहित १६ जनामा कोरोना देखिएपछि माघ ८ गतेसम्म सन्धिखर्क नगरपालिका बन्द

अर्घाखाँची,माघ ४ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयरसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा प्रवाहा बन्द गरिएको छ ।

मेयर कमलप्रसाद भुसाल सहित १५ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु आजदेखि माघ ८ गते सम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

मेयर भुसाललाई कोरोना देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार १७ जनामा एन्टिजेन परीक्षण गरेको थियो ।

त्यसमा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताए ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *