२०८३ जेष्ठ ३० गते शनिवार

तुलसीपुरमा बिहीबार थपिए ४५ नयाँ संक्रमित

५ दिनमै संक्रमितको संख्या ८४ पुग्यो


तुलसीपुर, पुस २२ । तुलसीपुरमा बिहीबार मात्रै थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १४२ जनाको परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको परिक्षणका क्रममा गुरु जजुर माविका ११ जना बिद्यार्थी तथा शिक्षक, सेन्टर मावि तुलसीपुरका १५ जना विद्यार्थी तथा शिक्षक, ८ जना स्वास्थय कर्मी र समुदायका थप ११ जनामा संक्रम पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । यसअघि अश्वारा माविका बिद्यार्थी र शिक्षकमा संक्रमन पुष्टि भएपछि एक हप्ताका लागि बिद्यालय बन्द गरिएको छ ।

बिहीबार २५ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको फोकल सर्पन केसीले बताए । नयाँ संक्रमितको उमेर समुह १३ बर्षदेखि ५९ बर्ष सम्मका ब्यक्ति छन् ।

यो सँगै तुलसीपुरमा ५ दिनमा ८४ जना सक्रिय संक्रमित पुगेका छन् । यसका साथै संक्रमित २० जनाको स्वाब थप अनुसन्धानको लागि नेपालगञ्ज पठाइएको फोकल पर्सन केसीले बताए । त्यस्तै अन्य केही दिनमा भेरियन्ट पहिचानका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइने तयारी गरिएको केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *