२०८३ कार्तिक ९ गते आइतवार

९ दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न राप्रपाको आग्रह


तुलसीपुर, पुस १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिका कार्य समितिले नौं दलिय गठबन्धनका उम्मेदवारलाई मात्रै मतदान गर्न आग्रह गरेको छ ।
नगर समिति अध्यक्ष पर्वत बस्नेतले बिहीबार बिज्ञप्ति मार्फत तुलसीपुर खाने उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा नौं दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
नौं दलिय गठबन्धन अनुसार राप्रपाका आधिकारिक उम्मेदवार लक्ष्मण केसीलाई कार्य समिति सदस्य पदमा उम्मेदवार बनाइएको कुरापनि नगर अध्यक्ष बस्नेतले स्पष्ट पारेका छन् ।
केसी बाहेक अन्य केही ब्यक्तिले पनि आँफु राप्रपाको आधिकारिक उम्मेदवार भएको भ्रम फैलाउन खोजेको भन्दै त्यो भ्रमबाट सचेत रहनपनि बस्नेले आग्रह गरेका छन् ।
तुलसीपुर खानेपानीको नेतृत्व चुन्न पुस १७ गते निर्वाचन हुँदैछ । नौ दलिय गठबन्धनले अध्यक्षमा नेपाली काँग्रेसका यमकान्त भण्डारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका सीताराम शर्मा आचार्य, सचिवमा नेकपा एमालेका शेबकराम भण्डारी, कोषाध्यक्षमा बिप्लव नेकपाका भद्रबहादुर वलीलाई उम्मेदवार बनाएको छ । त्यस्तै खुल्ला सदस्यहरुमा लक्ष्मण केसी र पदमबहादुर खड्का उम्मेदवार बनाइएका छन् ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *