२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरका साहिल बोहोराको अमेरिका सपना पेरुमा बिलायो

तुलसीपुुर, मंसिर २१ । अमेरिका सपना पच्छ्याँदै गैर कानुनी रुपमा यात्रारत तुलसीपुरका एक युवाको पेरुमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोला निवासी २२ बर्षीय साहिल बोहोराको सोमबार बेलुका ७ बजेतिर पेरुमा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

पैदल हिडिरहेका साहिल एक्कासी लडेर बेहोस भएपछि उनलाई संगै यात्रारत तुलसीपुर ४ रक्षाचौरका एक युवक र रुकुम पश्चिमका अर्का एक युवकले मिलेर अस्पताल पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तुलसीपुर बजार निवासी साहिलका मामा सुमन घलेले भान्जाको मृत्यु हृदय घातको कारण भएको भनेर खबर दिएको बताए । उनीहरुले नै आफुलाई भान्जाको मृत्युको तस्बिर अस्पतालबाटै पठाइ दिएको र भान्जाको शब अझैं अस्पतालमै रहेको घलेले जानकारी दिए ।

दुताबास नभएको हुँदा भान्जाको शव कसरी घर सम्म ल्याउने ? भन्ने बारे तनाब भइरहेको घलेले बताए । ब्राजिलको दुताबासलाई आफुले अपिलसहित पत्राचार गरेको उनले जानकारी दिए ।

घलेका अनुसार साहिल परिवारका एक्ला छोरा हुन । उनले डेढ बर्ष अघि मात्रै तुलसीपुर ६ बरुवागाउँबाट बिहे गरेका छन् । उनका सञ्तान भने छैनन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *